अर्थ मन्त्रालयको २०८२/०६/०७ को पत्रमा उल्लेख अस्थायी करार नरहने भन्ने बुँदा शिक्षकमा आकर्षित नहुने ।
नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
प.स.: २०८२/ ०८३
मिति : २०८२।०६।१०
विषयः जानकारी सम्बन्धमा ।
श्री शिक्षा विकास तथा समन्वय इकाइ
७७ ओटै ।
प्रस्तुत विषयमा अर्थ मन्त्रालयको २०८२/०६/०७ को अनुत्पादक खर्च कटौति र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको प्रेश विज्ञप्तिको बुँदा नंग (५) को संगठन संरचना सुधार अन्तरगतको बुँदा (ज) मा "नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरवन्दी वाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने।" भन्ने उल्लेख भएकोमा कतिपय स्थानीय तह र विद्यालयबाट करार शिक्षकको सन्दर्भमा के हुने भन्ने सोधनी भइरहेकाले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने व्यहोरा निर्देशानुसार अनुरोध छ।
(भक्तबहादुर गोदार) निर्देशक
0 Comments